हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी, पहिरोको कारण अपर तामाकोशीमा पुगेको क्षतिले सुख्खायाममा बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

आइतबार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेडबक्सको कन्ट्रोल विल्डिङ पूर्णरुपमा ध्वस्त भएको बताए ।

उनले अहिलेसम्म आयोजनामा भएको क्षति यकिन गर्न नसकिएको बताए । घिसिङले विद्युत क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीसहित चार जना बेपत्ता भएको बताए । उनले अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पुनःनिर्माण गर्न नसके यस वर्षको सुख्खायाममा विद्युत व्यवस्थापनमा केही समस्या आउनसक्ने बताए ।

उनले हिउँदको समयमा बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने उल्लेख गरे । उनले क्षति पुगेका जलविद्युत आयोजनाहरूमा छिटो भन्दा छिटो रि स्टोर गर्ने तयारीमा प्राधिकरण लागेको बताए । उनले बाढीको कारण कावेली करिडोरको तीन वटा टावरमा क्षति हुँदा २ सय मेगावाटको पूर्वाअञ्चलमा आउने लाइन बन्द भएको पनि बताए ।

उनले कावेली करिडोरबाट तीन सवस्टेशन इलाम,फिदिम र ताप्लेजुङ विद्युत सप्लाई हुने लाइन पनि बन्द भएको पनि बताए । उनले खिम्ति लामासाँधु आउने ट्रान्समिसन लाइनको टावरमा क्षति भएको भन्दै त्यसलाई बनाउन जाने कुनैपनि पहुँच मार्ग नभएकाले समस्या भइरहेको बताए । उनले खिम्ति लामासाँधु आउने ट्रान्समिसन लाइन पनि एकहप्ताभित्र बनाउने बताए ।

उनले खिम्तिदेखि ढल्केवर २२० केवी लाइनले करिब ८ सय मेगावट पावर सप्लाई गर्ने टावरतिर तामाकोशी नदी बगिरहेकाले खतरामा रहेको बताए । उनले उक्त टावर क्षति भए ८ सय सय मेगावाटको लिखु र तामाकोशी करिडोर बन्द हुने बताए । उनले चमेलिया करिडोरमा पनि केही क्षति भएको बताए ।

उनले भने, ‘४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेडवक्सको कन्ट्रोल विल्डिङ पूर्णरुपमा ध्वस्त भएको छ । क्षति यकिन गर्न सकिएको छैन । चार जना बेपत्ता भएको अवस्था छ । अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पूर्णनिर्माण गर्नुपरे यो वर्षको सुख्खायाममा विद्युत व्यवस्थापनमा केही समस्या आउन सक्छ । त्यो समयमा बढी विद्युत आयात गर्नुपर्ने हुनसक्छ । छिटो भन्दा छिटो रि स्टोर गर्ने तयारीमा छौं । कावेली करिडोरको तीन वटा टावरमा क्षति हुँदा २ सय मेगावाटको पूर्वाअञ्चलमा आउने लाइन बन्द भएको छ । कावेली करिडोरबाट तीन सवस्टेशन इलाम,फिदिम र ताप्लेजुङ विद्युत सप्लाई हुने लाइन पनि बन्द भएको छ । खिम्ति लामासाँगु आउने ट्रान्समिसन लाइनको टावरमा क्षति भएको छ । त्यसलाई बनाउन जाने कुनैपनि माग नभएकाले समस्या भएको छ । एक हप्ताभित्र बन्ने अनुमान गर्न सकिन्छ । खिम्तिदेखि ढल्केवर २२० केवी लाइन छ । त्यसले करिब ८ सय मेगावट पावर सप्लाई गर्छ । एउटा टावर भएतिर तामाकोशी नदी बगिरहेकाले खतरामा छ भन्ने खबर आएको छ । त्यो टावर क्षति भएमा ८०० सय मेगावाटको लिखु र तामाकोशी करिडार सबै बन्द हुने अवस्था छ । विद्युत लाइनको टावर जानु र आयोजना जानु फरक छ । एउटा टावर जाँदा सबै आयोजनाहरू जान्छन् । त्यसैले टावरलाई जोगाउन महत्वपूर्ण छ । चमेलिया करिडोरमा पनि केही क्षति भएको छ । वितरण लाइनमा पनि धेरै समस्याहरू छन् । बिट गरेको एकपटको ८ सय मेगावटा विद्युत प्रयोग गर्नसक्यौं । तर बाढीको कारण सबै पावर प्लान्ट बन्द भएपछि बिट गरेको विद्युत पनि खरिद गर्न सकेनौँ । अहिले विद्युत निर्यात घटेको छ । करिब २५० देखि ३०० मेगावाटको मात्रै निर्यात भइरहेको छ । अब निर्यात बन्द गरेर पनि नेपालमा नै खपत गर्ने हो । खपत गरेर बाँकी रहेको विद्युत मात्रै खपत गर्ने हो ।’

उनले अहिले नेपालबाट भारत निर्यात हुने विद्युत पनि घटेको बताए । उनले करिब २५० देखि ३ सय मेगावाटको मात्रै विद्युत निर्यात भइरहेको बताए । उनले अब निर्यात बन्द गरेर पनि नेपालमा नै खपत गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *