झ्याप्ले खोलाको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा

काठमाडौं । धादिङको झ्याप्ले खोलामा दुईतर्फी बाटो सञ्चालनमा आएको छ । आइतबार साँझबाट बाटो खुला गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

धुनीबेशी नगरपालिका- झ्याप्ले खोलामा पहिरोले चार वटा गाडी पुरेको थियो। उनका अनुसार बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप पहिरोमा पुरिएको थियो।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस पनि पहिरोमा पुरिएको थियो। त्यस्तै गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस र बा १ प १३८८ नम्बरको बसमा क्षति पुगेको थियो।

विंगर जिपमा सवार ८ जना पुरूष, ५ जना महिला र एक जना बच्चा गरी १४ जना, हायसमा सवार १२ जना पुरुष र ४ जना महिला तथा बसमा सवार ५ जना पुरुष यात्रुहरू पहिरोमा पुरिएका थिए।

पहिरोमा पुरिएकाहरुको सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य गरिरहेको छ। पहिरो पन्छाएर खोजी तथा उद्धार कार्य भइरहेको छ । हालसम्म ३५ जनाको शव फेला परेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *