नेपालले १२औं खेलमा आएर लगायो हारको शृङ्खलामा पूर्णविराम, ओमानमाथि ३७ रनको जित

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई हराउँदै आफ्नो हारको यात्रा रोकेको छ । लगातार ११ खेलमा जित निकाल्न नसकेको नेपालले १२औं खेलमा आएर हारको शृङ्खलामा पूर्णविराम लगाएको हो ।

नेपालले सोमबार विहान सकिएको खेलमा ओमानमाथि ३७ रनको जित हात पार्‍यो । नेपालले जितका लागि दिएको १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदै अल आउट भयो ।

नेपालले तेस्रो खेलमा मंगलबार क्यानडासँग खेल्दा चौथो खेलमा बुधबार फेरि ओमानको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *