अमेरिका भ्रमण सकेर आज स्वदेश फर्किँदै प्रधानमन्त्री

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्किनका लागि हिजो नै कतारको दोहा प्रस्थान गरेका छन् । उनी आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते न्युयोर्क गएका थिए । संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा भएको महासभाका कार्यक्रम सम्पन्न गरी उनी हार्वड विश्वविद्यालयको कार्यक्रमका लागि शुक्रबार बोस्टन पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई लोगन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेललगायतले बिदाइ गरे । त्यहाँ पुगे लगत्तै विभिन्न छलफलमा भाग लिएका ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा उनले साइडलाइन वार्ता समेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *