भूमिगत पानीको अत्याधिक प्रयोगले तालहरू सुक्दै

काठमाडौं । करिब ४० वर्षअघि मुरात उलुदाग किशोरावस्थामा हुँदा मध्य टर्कीको कुलु तालमा यति धेरै पानी थियो कि यसमा पौडी खेल्नसमेत खतरा मानिन्थ्यो । यो क्षेत्र पहिले १८६ प्रजातिका चराहरूको लागि अभयारण्य हुन्थ्यो ।

विगतको तुलनामा अहिले मुट्ठीभर चराहरू मात्र बाँकी छन् । ५० वर्षीय उलुडागले अहिले स्थानीय वन्यजन्तु संरक्षण प्रमुख चुनौति रहेको बताए । पानी नभए जीवन नरहेको भन्दै उहाँले पानीको संरक्षण गर्नुपर्नेमा जोड दिए । कुलु ताल, कोन्या प्रान्तको कुलु जिल्लाबाट करिव ५ किलोमिटर पूर्वमा अवस्थित छ । अफ्रिका जाने बाटोमा गुलाब फ्लेमिङ्गो र अन्य प्रवासी चराहरूको आश्रयस्थल बनेको थियो । भूजलको अत्यधिक प्रयोग र जलवायु परिवर्तनका कारण यो पहिले नै सुकेको छ ।

विगतमा, कुलुका किसानहरूले गहुँ र जौ जस्ता परम्परागत बालीहरू उब्जाउथे । तर पछि मकै वा चुकन्दर जस्ता पानी–गहन बालीहरूमा सरेका थिए । जसका कारण भूमिगत पानीको आक्रामक प्रयोगले ताललाई खुवाउने खाडीहरू बिस्तारै सुक्दै गयो । विगतमा, कुलुका किसानहरूले कम पानी चाहिने गहुँ र जौ जस्ता परम्परागत स्थानीय बालीहरू उब्जाउने गर्थे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *