नयाँ बसपार्कमा छैन भिड (तस्बिरहरु)

काठमाडौं । दसैँका लागि लक्षित गरी खुला गरिएको अग्रिम टिकट बुकिङमा कमि आएको छ ।

देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरिएको हो । तर, बाढी पहिरो लगायतका कारणले यो बर्ष अग्रिम टिकट बुकिङमा कमि आएको हो ।

घटस्थापनाको पाँच दिनअघि सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रु पुग्ने गरेका छन् ।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको चाप बढी देखिन्थ्यो ।

तर अघिल्ला वर्षहरूमा जस्तो यस वर्ष ठूलो भिडभाड भने देखिएका छैन । शुक्रबारदेखि नै मुलुकको संघीय राजधानी काठमाडौँसहित देशभर परेको अविरल वर्षाका कारण अग्रिम टिकट बुकिङ प्रभावित भएको हुनसक्ने बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *