एन्फा एकेडेमीका दुई युवा खेलाडीको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरु)
मकालु खबर
२०८१ असोज १४ गते
काठमाडौं । वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडीको अन्तिम संस्कार गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनीहरूको स–सम्मान अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो । सोमबार दिवङ्गत दिवस बानिया र प्रियंस आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
अनुपम घलान, साइमन योन्जन र विकल रेग्मीको पार्थिव शरीरलाई हेलिकप्टरमार्फत गृह जिल्ला मकवानपुर पठाइएको बताइएको छ ।
आदित्य बलम्पाखीको पार्थिव शरीरलाई हेलिकप्टर मार्फत लालबन्दी १७ रानिगञ्ज सर्लाही पठाउने तयारी गरिएको छ ।
असोज ११ र १२ गते पहिरोमा परी दिवस बानियाँ, प्रियंस आचार्य, अनुपम घलान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको मृत्यु भएको थियो ।
मकालु खबर
२०८१ असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित