विरोधका लागि विरोध गर्न आवश्यक छैन : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोपछि राहत र उद्धारमा सरकार नचुकेको बताएका छन् ।

अमेरिकाबाट स्वदेश फर्किएपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले विरोधका लागि विरोध गरिएको बताए ।

उनले बाढी पहिरो रोकेर रोक्न नसकिने बताए ।

‘विरोधका लागि विरोध होला । सरकारले गर्नेसम्मको प्रयास गरेको छ, तत्काल बैठक बसेर, सेना प्रहरी खटेर उद्धार गरेको छ,’ उनले भने, ‘बाढी आउने कुरालाई त रोक्न सकिँदैन, पूर्व सूचना गरेर पहिरो जाँदैन, गएपछि क्षति हुने भयो । त्यसमा सरकारले तदारुकता साथ काम गरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *