विपद्का घटनाबाट मृत्यु हुनेको सङ्ख्या २ सय ९ पुग्यो

काठमाडौं । गत बिहीबार देखी वर्षासंगै आएको बाढी पहिरो, डुबान लगायत विपद्का घटनाबाट २ सय ९ जनाको मृत्यु भएको छ । सोमबार साँझ ७ बजेसम्मको अवधिमा बाढी पहिरो लगायत विपद्का घटनाबाट मृत्यु हुनेको संख्या २ सय ९ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै घाइते १४२ र बेपत्ता २९ जना रहेका छन् । सोमबार नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुर लगायतका स्थानबाट घाइते, बिरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

खोज तथा उद्धारको कार्य जारी रहेको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए । अवरुद्ध सडक, विद्युत्, टेलिफोन लगायतका अत्यावश्यक सेवाहरू शीघ्र सुचारु गर्न सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको मन्त्रालयका प्रवक्ता तिवारीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *