मन्त्रीपरिषद् बैठक

बाढी पहिरोमा बेपत्ता रहेका परिवारलाई २ लाख दिइने,तीन दिन राष्ट्रिय शोक मनाइने

काठमाडौं । सरकारले बाढी, पहिरो, डुबान लगायतका विपद्जन्य घटनामा परेर १० दिनसम्म बेपत्ता रहेका परिवारलाई २ लाख दिने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले विपद्जन्य घटनाबाट १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई मृतककै रूपमा मानेर परिवारलाई २ लाख दिने निर्णय गरेको हो ।

सरकारले तीन दिन राष्ट्रिय शोक मनाउने समेत निर्णय गरेको छ । यस्तै प्रधानमन्त्री सहित मन्त्रीहरुले एक महिनाको परिश्रमिक उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *