सडक अवरुद्ध
मुख्य राजमार्गका २० स्थानमा पूर्ण अवरोध, कहाँ-कहाँ बन्द छ सडक ? (सूचीसहित)
मकालु खबर
२०८१ असोज १५ गते
काठमाडौं । बाढी पहिरोका कारण तहसनहस भएका धेरै सडक अझै अवरुद्ध नै रहेका छन् । गत बिहीबारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण उपत्यका जोड्ने बीपी र पृथ्वी राजमार्गसहित राजमार्गहरू अझै पूर्णरूपमा खुल्न सकेका छैनन् ।
नेपाल प्रहरीले मंगलबार बिहान गरेको अपडेटअनुसार उपत्यकाका काठमाडौं र ललितपुरसहित २० स्थानका मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेका छन् । काठमाडौंको दक्षिणकाली-सिस्नेरी सडक खण्ड र ललितपुरको लेले टिकाभैरव सडकखण्ड अवरुद्ध छ ।
कोशीमा राकेभेडेटार, बागमतीमा कान्तीलोकपथ सडक, भीमफेदी कुलेखानी,सिस्नेरी दक्षिणकाली, पासाङल्हामु बिपी राजमार्ग, मध्यपहाडी, बाह्रबिसे तातोपानी सडक खण्डका विभिन्न स्थानका सडक पूर्ण रूपमा अवरुद्ध छन् ।
कहाँ-कहाँ बन्द छ सडक ?
मकालु खबर
२०८१ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित