बलिउड अभिनेता गोविन्दालाई लाग्यो गोली

काठमाडौँ । बलिउड अभिनेता गोविन्दालाई गोली लागेको छ । भारतीय सञ्चारमाध्यम जी न्युजका अनुसार उनलाई खुट्टामा गोली लागेको हो । अहिले उनलाई आइसियुमा भर्ना गरिएको छ ।

हाल उनी सेन्टर अस्पतालमा उपचाररत छन् ।

मंगलबार बिहान ५ बजेको उक्त घटना घटेको हो । गोविन्दा बिहान कोलकाता जाँदै गर्दा यो दुर्घटना भएको थियो ।

उनका म्यानेजरका अनुसार उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर सफा गर्दै गर्दा अचानक बन्दुक हातबाट खसेर फायर भएको हो ।

हाल गोविन्दाको अवस्था सामान्य रहेको बताइएको छ । तर स्वास्थ्य सामान्य रहेपनि २४ घण्टासम्म उनलाई अब्जरभेसनका लागि आइसियुमा राखिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *