इक्यानले असोज १६ गते शैक्षिक मेला आयोजना गर्ने

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले असोज १६ गते शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

यसअघि असोज १३ गते गर्ने भनिएको बृहत शैक्षिक मेला २०८१ लाई इक्यानले असोज १६ गर्न लागेको हो ।

इक्यानले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिँदै यस वर्ष १५ औँ संस्करण भव्यताका साथ आयोजना गर्ने भएको हो ।

नेपाल शैक्षिक परामर्श संघले काठमाडौँको एभरेष्ट होटलमा भोली असोज १६ गते १ दिने पन्ध्रौँ इक्यान बृहत शैक्षिक मेला २०८१ गर्न लागेको हो ।

उक्त मेला बिहान १० बजे देखि बेलुका ५ बजे सम्म आयोजना हुने इक्यानले जानकारी दिएको छ ।

यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सही जानकारी र परामर्श पाउन भन्ने अपेक्षा सहित यो मेला आयोजना गर्न लागिएको इक्यानको भनाइ रहेको छ ।

यस १५ औ इक्यान शैक्षिक मेलामा करिब १५ हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूले अवलोकन गर्ने  अपेक्षा गरिएको छ । यस मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदूतावास तथा कूटनीतिक नियोगहरूलाई समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *