२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

काठमाडौँ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहिदभूमी गाउँपालिका–४ बस्ने ३६ वर्षीय बिर्ख बहादुर भन्ने बिर्खलाल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *