प्रेस विज्ञप्ति

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा ५० % सम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा.लि (पर्सा, चितवन) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले विशेष गरी Siddhartha Gen-Z खाता भएका ग्राहकहरूले चितवनको पर्सा स्थित गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि मा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *