ढोरपाटनका मेयरलाई पुर्पक्षका लागि थुनामा पठाइयो

बागलुङ । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । मंगलबार उनलाई जिल्ला अदालत बागलुङले थप अनुसन्धानका लागि थुनामा पठाउने आदेश गरेको हो ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका नेपालीलाई जिल्ला अदालत बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

सहकारीको बचत ठगी आरोपमा उनलाई भारतको दिल्लीबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *