बाढी पहिरोले कुन-कुन ठाउँमा छ सडक अवरुद्ध ?

काठमाडौं । यही असोज १० देखि १२ गतेको मनसुनी विपद्का कारण अवरुद्ध भएकामध्ये विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरुद्ध छन् ।

नेपाल प्रहरीका अनुसार बाढीपहिरोले अवरुद्ध पारेका धेरै सडकखण्ड सञ्चालनमा आए पनि १७ वटा अझै सञ्चालनमा आउन सकेका छैनन् । अन्य सात सडकखण्ड एकतर्फी खुलाइएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले पनि अवरुद्ध सडक सञ्चालन र अन्य सडक दुईतर्फी नै खुलाउने गरी तदारुकताका साथ काम भइरहेको जानकारी दिए ।

प्रहरीले मंगलबार साँझ सार्वजनिक गरेको सूचनानुसार दक्षिणकाली–सिस्नेरी, ललितपुरको लेले–टीकाभैरव, धनकुटाको राँके भेडेटार सडकखण्ड पूर्ण अवरुद्ध छ ।

यस्तै बागमती प्रदेशका कान्ति लोकपथ, कुलेखानी–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल, बीपी राजमार्गका विभिन्न क्षेत्रका सडकखण्ड अवरुद्ध छन् ।

मध्यपहाडी लोकमार्ग सुनामवेशी, अकरेभिर, बाह्रबीसे–तातोपानी, रामेछाप–सिन्धुली–खुरकोट, कालीगण्डकी करिडोर सालझण्डी–अर्घाखाँची–ढोरपाटन सडकखण्ड र पूर्वपश्चिम राजमार्गको मध्यविन्दु सडकखण्ड पनि अवरुद्ध रहेका प्रहरीले जनाएको छ ।

अवरुद्ध रहेका दाउन्ने, पृथ्वीराजमार्गको बन्दीपुर खण्ड, तनहुँ व्यास नगरपालिका, पाँचखाल हनुमानगढी केराघारी, पृथ्वी लोकमार्गको बेनीघाट खण्ड, सुनकोसी कमेरेडाँडालगायतका खण्ड एकतर्फी सञ्चालनमा ल्याइएका छन् ।

एकतर्फी सडकमा दुईतर्फी यातायात सञ्चालन र अवरुद्ध सडक खुलाउने काम भइरहेको छ भने दाउन्नेमा भने आज राति बाटो बन्द गरेर थप काम गरिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *