ट्वान्टी-२० सिरिज

क्यानडासामु निरीह नेपाल, बेहोर्‍यो अर्को हार

काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य पछाएको क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । त्यस अघि नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध दुवै खेलमा हारेको नेपालले टी-२० खेलमा पनि दुवै खेलमा पराजित भएको छ । यो जितपछि क्यानडाले सिरिजमा ३ खेलमा दोस्रो जित हासिल गरेको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।

अब सिरिज अन्तर्गत आज नेपालले ओमानको सामना गर्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *