विद्यार्थी र कर्मचारी बोकेको बसमा आगलागी, २५ जनाको मृत्यु

काठमाडौं । थाइल्याण्डको राजधानी बैंककमा मंगलबार स्कुलका यात्रु बोकेको बसमा आगलागी हुँदा करिब २५ जनाको मृत्यु भएको छ ।

उत्तरी उथाइ थानी प्रान्तको एक विद्यालयका ६ जना शिक्षक र ३८ विद्यार्थीसहित ४४ यात्रु सवार रहेको एकल डेकर बसमा मध्याह्न लगत्तै आगलागी भएको उपप्रधानमन्त्री तथा यातायात मन्त्री सुरिया जुङ्रुङ्ग्रेङकिटले बताए । १९ यात्रुलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको सुरियाको भनाई छ ।

प्रधानमन्त्री पातोङटार्न सिनावात्राले घाइते र मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै उनीहरुको उपचारको खर्च सरकारले व्यहोर्ने र घटनामा परी ज्यान गुमाएकाहरुलाई क्षतिपूर्ति दिने आश्वासन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *