भारी वर्षाको सम्भावना छ, सुरक्षित रहनू : विपद्‌ प्राधिकरण

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासि बाढी आउने जोखिम यथावत् छ’, प्राधिकरणले सूचनामा भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *