एनपिएलको ८ टिमका मालिक सार्वजनिक

काठमाडौं । नेपाल प्रमियर लिग (एनपिएल) को आठ टिमका टिम मालिक सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघले मङ्गलवार साँझ एक कार्यक्रम आयोजना गरी टिम मालिकको नाम सार्वजनिक गरेको हो । सोही कार्यक्रममा आठै टिमको लोगो पनि देखाइएको थियो ।

काठमाडौं गुर्खाजका टिम मालिकमा कैलाश सिरोहिया,उपेन्द्र महतो र अरूण सराफ रहेका छन् । नेपाल स्पोर्टस डेभलपमेण्ट भेन्चर प्रा.लि. कम्पनीले यो टिम किनेको हो ।

पोखरा एभेन्जर्स नेपाल टी–ट्वान्टी क्रिकेट लिमिटेडले खरिद गरेको हो भने टिम मालिकमा सुवोध त्रिपाठी र मनोबल श्रेष्ठ रहेका छन् । चितवन मेडिकल कलेजले किनेको चितवन राइनोजका टिम मालिक हरिशचन्द्र न्यौपाने र आयुश न्यौपाने हुन् ।

विराटनगर किंग्सका मालिक पारस लुनियाँ हुन् । कम्पनीको नाम एमएडी ड्रीम्स हो । लुम्बिनी लायन्सका टिम इश्वर जीसीले फर्चुन हेल्थ केयर कम्पनीको नाममा किनेका हुन् । ड्रीम स्पोर्ट्स कम्पनीका मालिक अमित श्रेष्ठले जनकपुर बोल्ट्स खरिद गरेका हुन् ।

हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सका झनकदत्त खनाल र ग्रिहेन्द्र घिमिरेले कर्णाली याक्स किनेका हुन् ।

यस्तै सुदूरपश्चिम रोयल्स स्वतन्त्र प्रताप शाहले किनेका हुन् । एम्पायर स्पोर्ट्सले सुदूरको टिम खरिद गरेको हो । टिम मालिक सार्वजनिकसँगै अधिकांश टिमका मालिकहरूले क्रिकेटमा लगानी गर्नुलाई देशप्रतिको जिम्मेवारीको रूपमा लिएको बताए ।

धेरैले यो शुरूवातको लागि क्यान नेतृत्वलाई धन्यवाट दिए । मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने लिगको चर्चा अहिले निकै चुलिएको छ ।

यसअघि क्यानले मार्की खेलाडीले जनही २० लाख प्राप्त गर्ने घोषणा गरेको थियो । आठ टिमले टिम खरिदका लागि १६ करोड ८८ लाख ९३ हजार २३१ रूपैयाँ खर्चेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *