अफगानिस्तानमा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ६ बेपत्ता

एजेन्सी । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तको एक नदीमा १४ जना बोकेको डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता भएका छन् ।

प्रान्तको कुज कुनार जिल्लाको बाहिरी भागमा नदी पार गर्ने क्रममा डुङ्गा दुर्घटना भएको प्रान्तीय सूचना विभागका प्रमुख कुरैशी बादलूनले बताए ।

चार जनाको उद्धार गरिएको छ भने अन्य ६ जना बेपत्ता छन् । यात्रुहरूमध्ये महिला र बालबालिका पनि थिए । जुन महिनामा प्रान्तको एउटा नदीमा २६ जना बोकेको डुङ्गा पल्टिँदा आठ जनाको ज्यान गएको थियो भने पाँच जना बेपत्ता भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *