खेलमा ध्यान दिन बाबरले दिए कप्तानबाट राजीनामा

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले कप्तानीबाट राजीनामा दिएका छन् ।

आजमले सामाजिक सञ्जालमार्फत पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

उनले गरेको पोष्टमा आफ्नो कप्तानी अनुभवलाई अद्भुत भनेका छन् । उनले आफ्ना फ्यानहरूलाई पनि धन्यवाद दिएका छन् ।

आजमले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, ’फ्यानहरू, म आज तपाईँसँग एउटा समाचार साझा गर्दैछु । मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु । टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो तर, अब मैले पद छोडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *