गाजा शरणार्थी शिविरमा इजरायली आक्रमण : १२ जनाको मृत्यु

एजेन्सी । मध्य गाजापट्टीको नुसिराट शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्यालेस्टिनी अधिकारीले बताएका छन् ।

गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमुद बसालले इजरायली युद्धक विमानले शिविरमा रहेका दुईवटा घरलाई निशाना बनाएर १२ प्यालेस्टाइनीको मृत्यु भएको बताए ।

बसालले सिभिल डिफेन्सको टोली र स्थानीय बासिन्दाले पीडितको खोजी र उद्धार गरिरहेको बताए । मृतक र घाइतेमध्ये अधिकांश महिला र बालबालिकालाई अस्पताल पुर्याउने काम भइरहेको बताए । इजरायली सेनाले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सिमानामा हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठुलो मात्रामा आक्रमण गरिरहेको छ ।

जसमा करिब १ हजार २ मानिस मारिएका थिए र २५० जनालाई बन्धक बनाएका थिए । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ६१५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *