सङ्घीयतामाथि अट्याक गर्न खोजियो, यो सह्यै हुन्न : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिनेकुरामा जोड दिनुपर्ने बताएका छन् ।

बुधवार सिंहदरबारमा आयोजित प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधान संशोधनका लागि वर्तमान सरकार बनेको भन्नेकुराहरु प्रत्यक्ष र अपरोक्ष रूपबाट आइरहेको बताए ।

उनले अहिले संघीयता नै बेठिक भयो भन्नेगरी आक्रमण भइरहेको भन्दै संघीयता कानुनअनुसार चल्ने हो भने राम्रो रहेको बताए ।

उनले मनोगत भन्दा तथ्यगत आधारहरू हेरेर संघीयताको मूल्याङ्कन गर्नुपर्ने बताए ।

उनले आगामी दिनमा संघीयता अझ प्रभावकारी बनाउन, संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र संघीय प्रणालीको संयन्त्रबाट कामहरू प्रभावकारी सम्पन्न गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताए ।

उनले भने ‘अहिले संविधान संशोधनको खातिर पनि यो सरकार बनेको हो भन्नेकुराहरु प्रत्यक्ष र अपरोक्ष रूपबाट आइरहेको छ । त्यो गर्ने प्रक्रियामा कहिले जान्छ, कसरी जान्छ ? प्रक्रिया के हुन्छ एउटा कुरा भयो । तर जे भएपनि अहिले निकै ठुलो अट्याक के छ भने संघीयता नै बेठिक थियो, बेठिक छ र तीन तहको सरकार बढी खर्चिलो भयो, यो प्रशासनिक रूपमा मात्रै गए । विकासको साधक होइन बाधक भयो भन्नेकुरा धेरै आएको छ । म व्यक्तिगत रूपबाट अस्वीकार गर्छु । किनभने त्यो मनोगत कुराहरू छ, तथ्यगत रूपमा कुराहरू छैन । तथ्यमा आधारित भएर यो आयोगले धेरै कामहरू गरेको छ । अझै डेथमा जाने तथ्याङ्कहरू, तयारी गर्ने र कार्यान्वयनले के परिणाम दिइरहेको छ हेर्ने, कार्यान्वयनमा जाँदाका श्रोतको उपयोग, रिसोर्सको उपयोग कसरी भइरहेका छन् त्यो बुझ्नुपर्छ । अनुमानमा भन्दा तथ्यमा आधारित भएर आउनुपर्छ । आगामी दिनमा संघीयता अझ प्रभावकारी बनाउन, संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र हाम्रो संघीय प्रणालीको संयन्त्रबाट कामहरू प्रभावकारी ढंगबाट कामहरू गर्नका लागि यसको भूमिका महत्त्वपूर्ण छ ।’

सभामुख घिमिरेले संघीयता विकासको वाधक भयो भन्नेकुरामा आफू असहमत रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *