सहकारी छानबिन समितिको प्रतिवेदनले पीडितको आँसु पुछियोस् : उपसभामुख

उपसभामुख इन्दिरा रानाले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले विवेकपूर्ण र न्यायोचित रुपमा सत्यतथ्यमा आधारित भएर प्रतिवेदन ल्याएको विश्वास व्यक्त गरेकी छन् ।

बुधवार समितिको अनुसन्धानको क्रममा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई कदरपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले समितिले कसैप्रति लक्षित नभइ कसैको दबाबमा नपरी प्रतिवेदन ल्याएको भन्दै विश्वास व्यक्त गरिन् ।

उनले भनिन्– ‘मलाई लाग्छ तपाईहरुले विवेकपूर्ण, न्यायोचित, आफ्नो कार्यादेश भित्र बसेर सत्यतथ्य जे भेट्नुभयो त्यही जस्ताको तस्तै प्रतिवेदनमा उतार्नुभयो भन्ने मलाई विश्वास लागेको छ । कुनै आग्रह, पूर्वाग्रह नराखी । कसैप्रति लक्षित नभई, कसैको दबाबमा नपरी आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो भन्ने मेरो विश्वास छ । तयार गरेको प्रतिवेदनले देशभरी पीडामा भएका व्यक्तिहरु(पीडित)को आँशु पुछियोस् । कसैप्रति लक्षित नभइकन सम्बन्धित वर्गहरुको लागि जुन समिति खडा गरेका छौँ उहाँहरुको आँशु पुछियोस् भन्ने मेरो शुभकामना छ ।’

उपसभामुख रानाले प्रतिवेदनले सहकारी पीडितहरुको आँशु पुछिनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *