सबै प्रदेशमा खानेपानीको परीक्षण सुरु भइसक्यो : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयले पानीको परीक्षण सुरु गरिसकेको बताएका छन् ।

सिंहदरबारमा बुधवार काठमाडौं उपत्यका मेयर फोरमसँगको छलफलमा उनले विपद्बाट विपद्जन्य घटनाका कारण पानीको समस्या विकराल बनेको र अशुद्ध पानीका कारण रोगहरु फैलिनसक्ने अवस्थालाई मध्यनजर गरी पानीको परीक्षण सात प्रदेशमै सुरु गरिसकेको बताएका हुन् ।

उनले स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालयले मुलुकभर एउटा समूह बनाएर नागरिकको स्वास्थ्यमा पर्नसक्ने असर न्युनिकरणका लागि पानीको परीक्षण गर्न जरुरी रहेकाले सो काम सुरु गरिएको बताए ।

उनले विपद्का कारण पाइप बगाएको, फुटेकाले पानीको अभाव भएको उल्लेख गर्दै पानीको अभाव हुन नदिन फुटेका पाइपहरु बनाउने र पानी पथान्तरण गर्ने काम गरिरहेको बताए ।

पानीको परीक्षण नगरेके खण्डमा अशुद्ध पानी पिउँदा नागरिकहरु झनै हैजा, झाडापखाला लगायतका रोगहरुबाट ग्रस्त हुने भएकाले सबैले परीक्षणमा सहयोग गर्न मन्त्री यादवले आग्रह गरे ।

उनले भने, ‘निश्चित रुपमा अहिलेको बेला स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालयले मुलुकभर र सात वटा प्रदेशभर नै एउटा टिम बनाएर प्रदेशसँग पनि समन्वय गरी, स्थानीय तहलाई पनि समन्वय गरी एउटा टिम बनाएर पानीको परीक्षण गर्न अति आवश्यक छ । पहिलो प्राथमकितामा हामीले २१ जिल्ला राख्नुपर्छ, जुन जिल्लामा बढी क्षति भएको छ, पाइप नष्ट भएका छन्, खानेपानीको हाहाकार भएको छ, ति जिल्लामा पहिला एउटा टिम बनाएर पठाउनु पर्छ । पानीको परीक्षण गर्नुपर्छ । पानीका कारण झाडापखाला लाग्ने, हैजा फैलिने हुन्छ । गरिबी भएको ठाउँमा नै हैजा बढी फैलिन्छ, जनचेतनाका कारण । त्यसैले मुख्य क्षेत्र केन्द्रित गरेर हामी अघि बढ्नुपर्छ । खानेपानी मन्त्रालयले पानीको परीक्षण अब सात वटै प्रदेशमा सुरु गरेको छ । तर खानेपानी मन्त्रालयले एक्लै परीक्षण गरेर साध्य हुँदैन, त्यसको लागि स्वास्थ्य मन्त्रालय, सात वटै प्रदेश, स्थानीय तहसँग समन्वय गरेर तिब्र गतिमा हामी अघि बढ्नेछौँ ।’

मन्त्री यादवले खानेपानी मन्त्रालयसँग पियुषको उपलब्धता नरहेको तर एकुवा र बिलिजिङ पाउडर भने उपलब्ध रहेको बताए । उनले स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालयबाट दिइने सामग्रीहरु एकद्वारा प्रणालीबाट दिन प्रस्ताव गरे ।

संयुक्त रुपमा सामग्रीहरु दिँदा पारदर्शी हुने बताए । उनले देशभर खानेपानीको क्षेत्रमा मनसुनजन्य विपद्बाट करिव ३ अर्ब २४ करोड क्षति भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *