अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ । बुधवार अखिल (क्रान्तिकारी) अध्यक्ष मण्डलले जरुरी सुचना जारी गर्दै सम्मेलन स्थगित भएको जानकारी दिएको हो ।

देशभर बाढी पहिरोका कारण विशेष परिस्थिति सिर्जना एवं बिहीबारदेखि दसैँ सुरु हुने भएकाले बन्दसत्र स्थगित गरिएको अध्यक्ष मण्डलले जारी गरेको सुचनामा उल्लेख छ ।

‘अर्को सूचना जारी नभएसम्मको लागि बाँकी प्रक्रिया पुरा गर्ने प्रयोजनको लागि चालु रहेको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गरिएको ब्यहोरा अध्यक्ष मण्डलको आज मिति २०८१ साल असोज १६ गते बसेको बैठकको निर्णय बमोजिम यस अनेरास्ववियु क्रान्तिकारीको सम्बन्धित सम्पूर्ण निकाय, पदाधिकारीहरू, सम्मेलनमा प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण प्रतिनिधि लगायत सबैमा जानकारी गराउँदछौँ’, जारी जरुरी सूचनामा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *