कर्मचारीमाथि अभद्र व्यवहार गरिएको भन्दै वायुसेवा सञ्चालक संघको आपत्ति,कारबाही गर्न माग

काठमाडौं । वायु सेवा कम्पनीका कर्मचारीहरुमाथि अभद्र व्यवहार गरिएको भन्दै वायुसेवा सञ्चालक संघले आपत्ति जनाएको छ । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै संघले आपत्ति जनाएको हो । संघले महँगो दरमा टिकट बेचिएको भन्दै अनर्गल प्रचार गरिएको समेत बताएको छ ।

संघका अध्यक्ष मनोज कार्कीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,‘विगत केही दिनदेखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु अत्याधिक हवाई चापका कारणले समयमा उडान नभई ढिलाई भइरहेको तथा वायु सेवा कम्पनीहरुले नेपाल सरकारले तोकिएको दरमा नै हवाई टिक बेचिरहेको अवस्थामा पनि महँगो दरमा हवाई टिकट बेचिएको भनी हाम्रा सदस्य वायु सेवा कम्पनीहरुको चेक ईन काउण्टर तथा अफिसहरुमा गई आम जनसमुदायलाई भ्रम उत्पन्न गर्ने खालका अनर्गल प्रचार गरी कर्मचारीहरु माथि अभद्र व्यवहार तथा हुलहुज्जत भएको प्रति यो संघ घोर भर्त्सना गर्दछ । सो कार्यमा संलग्नहरुको पहिचान गरी कानूनी रुपमा कारबाही गर्न समेत यो संघ माग गर्दछ ।’

वायुसेवा सञ्चालक संघद्धारा जारी प्रेस विज्ञप्ति

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *