झ्याप्लेखोला पहिरो : गाडीमा पुरिएका ३५ जनाको परिचय खुल्यो

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका-९ स्थित झ्याप्ले खोलामा भएको पहिरोले ३ वटा सवारीसाधनमा सवार ३५ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालका अनुसार मृत्यु हुनेमा २५ पुरुष, ९ महिला र १ बालिका छन् । मृतक सबैको सनाखत भइसकेको छ ।

घटना असोज ११ गतेको हो, जहाँ दुई वटा माइक्रो र एउटा बस पहिरोमा पुरिएका थिए । ना. ४ ख २२७० नम्बरको बस गोरखाबाट काठमाडौँ आउँदै थियो । बसबाट ४ जनाको शव निकालिएको छ । चितवनबाट काठमाडौँ आउँदै गरेको बा. २ ख १३४५ नम्बरको हायस पनि पहिरो परेको थियो ।

हायसबाट १७ शव निकालिएको प्रहरी जनाएको छ । लु.१ ज ४५७७ नम्बरको विङ्गरबाट १४ जनाको शव लिएका थिएको थियो । घटनास्थलबाट निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको छ ।

मृत्यु भएका व्यक्तिहरूको सूची:-

१. प्रकाश कुँवर, बुटवल (३५)

२. अनुप तल ठकुरी कुँवर, बुटवल (३३)

३. सिर्जना कुँवर, बुटवल (२९)

४. रमेश लुइँटेल, देवदह (५०)

५. बोमबहादुर खाम्चा, अर्घाखाँची (२५)

६. सुमन बजगाईं, धादिङ (३३)

७. सिता भट्टराई, स्याङ्जा (४५)

८. दिपिक भट्टराई, स्याङ्जा (१४)

९. दिपेश भट्टराई, स्याङ्जा (१४)

१०. जुद्धबहादुर रायमाझी, गुल्मी (३२)

११. प्रमिता भुषाल, गुल्मी (३१)

१२. कृशव रायमाझी, गुल्मी (२)

१३. साइमन तामाङ, नुवाकोट (२१)

१४. पुष्पा शर्मा, पर्वत (३१)

१५. नवराज पन्त, गोरखा (२८)

१६. तेजबहादुर विष्ट, रुकुम (३९)

१७. नवराज तिवारी, गोरखा (४०)

१८. नवीन सिंह, बझाङ (२३)

१९. अनिता थापामगर, चितवन (२१)

२०. सन्तु विक, मकवानपुर (३३)

२१. आनन्द राजवंशी, काठमाडौँ (४८)

२२. सिद्धार्थ गुरुङ, चितवन (१९)

२३. जनक कुँवर, तनहुँ (२६)

२४. मोहनदास आचार्य, चितवन (५३)

२५. नरेन्द्र खत्री, चन्द्रागिरी (५६)

२६. मदन परियार दमै, गोरखा (४७)

२७. विनायक भट्टराई, गोरखा (१५)

२८. सुके दमै, गोरखा (२७)

२९. इन्द्रजित राना, बागलुङ (५२)

३०. भिमकुमारी राना, बागलुङ (४०)

३१. हरिबहादुर बुढा, जुम्ला (३९)

३२. लिलामाया तामाङ, धादिङ (२६)

३३. वसन्त शाह, सर्लाही (१७)

३४. नन्दप्रसाद किशोर चौधरी, सप्तरी (२८)

३५. लेखनाथ ओझा, तनहुँ (३४)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *