वसन्तपुरमा बस र जिप ठोक्किए (तस्बिरहरु)

काठमाडौं । तेह्रथुमको वसन्तपुरमा सवारी दुर्घटना भएको छ ।

धरानबाट महभिरका लागि छुटेको बस र जिप वसन्तपुरमा एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

बस धरानबाट धनकुटा, वसन्तपुर, मुढे, तेल्लोक हुँदै महभिरका लागि हिँडेको थियो । गुडिरहेको बससँग विपरीत दिशातर्फ जाँदै गरेको जिप ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति भने नभएको तेह्रथुमका प्रहरी निरीक्षक प्रमोद खड्काले मकालुखबरलाई जानकारी दिए ।

दुर्घटनामा बस र जिप दुवैको सिसा फुटेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *