बाढीले बगाएका २ जनालाई बचाउने चणिकलाललाई ५० हजारसहित सम्मान

काठमाडौं । एसएस फाउण्डेशनले नख्खु खोलाले बगाएकाहरुको सकुशल उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान गरेको छ ।बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच तामाङलाई फाउण्डेशनले सम्मान गरेको हो ।

तामाङलाई एसएस फाउण्डेशनले नख्खु खोलाले बगाएका दुई जनालाई सकुशल उद्धार गर्न सफल भएकोमा ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्मान गरे । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सद्भाव,सहिष्णुता,मानवता नेपालीहरुमा रहेको बताए । उनले सेवा, त्याग भन्नेकुरा पढेर र कसैले सिकाएर नभइ मनबाट आउने कुरा भएको बताए ।

उनले भने, ‘सद्भाव,सहिष्णुता,मानवता जस्ता चिजहरु नेपालीहरुमा बेसी छ । सेवा, त्याग भन्नेकुरा न पढेर आउने, न कसैले सिकाएर आउँछ, त्यो मनबाट आउने कुरा हो ।’

गत असोज १२ र १३ गते देशभर आएको भीषण वर्षाका कारण काठमाडौं उपत्यकासहित भीषण बाढी, डुबान र पहिरो गएको थियो । जसकारण ठूलो जनधनको क्षति भएको छ । सडक सञ्जाल अवरुद्ध भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *