अनेरास्ववियुले उठायो सुकुम्वासी बस्तीको फोहोर

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौँका सुकुम्वासी बस्तीमा थुपारिएको फोहोर व्यवस्थापन गरेको छ ।

काठमाडौँ जिल्ला कमिटीले काठमाडौंको त्रिपुरेश्वर लगायतका सुकुम्वासी बस्तीको फोहोर व्यवस्थापन गरेको हो ।

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा ढिलाइ गरेपछि अनेरास्ववियुले डोजर लगाएर फोहोर व्यवस्थापन गरेको हो ।

अनेरास्ववियु फोहोर उठाएर टेकु स्थित डम्पिङ साइडमा व्यवस्थापन गरिरहेको छ ।

फोहोरबाट महामारी प्रकोप फैलिने त्रास उत्पन्न भएपछि अनेरास्ववियुले उक्त पहलकदमी लिएको सङ्गठनका काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सैनाले मकालुखरबलाई जानकारी दिए ।

काठमाडौं महानगरले सुकुम्वासी बस्तीमा चासो दिएन, स्थानीयले हामीलाई सहयोग मागे, उनले भने, हामीले फोहोर उठाएर टेकु स्थित डम्पिङ साइडमा व्यवस्थापन गरिरहेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *