एभरेस्ट महिला भलिबल : शिर्ष दुईमा काठमाडौंको सम्भावना बलियो

काठमाडौं । काठमाडौं स्पाइकर्सले जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा तेस्रो जित निकाल्दै शिर्ष दुईको सम्भावना बलियो बनाउँदा मधेश युनाइटेड भने खराब प्रदर्शनसहित बाहिरिने भएको छ ।

बिहीवार लिगमा आफ्नो चौथो खेल खेलेका काठमाडौं स्पाइकर्सले मधेस युनाइटेडमाथि ३–१ को जित निकाल्दै अंकतालिका शिर्ष दुईको सम्भावना बलियो बनाएको हो । यता, मधेस भने लगातार चौथो हारसँगै बाहिरिने भएको छ । सेटमा अग्रता जोगाउन नसक्दा मधेसले हार व्यहोरेको हो ।

पहिलो सेट मधेसले २५–१५ ले सहजै आफ्नो बनाउँदै काठमाडौंविरुद्ध राम्रो शुरुवात गर्‍यो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट काठमाडौं स्पाइकर्सले मधेस युनाइटेडलाई २५–२३ ले आफ्नो पक्षमा पार्दै बराबरीमा ल्यायो ।

तर त्यसपछि भने मधेसले लय जारी राख्न सकेन । तेस्रो सेट मधेसले २५–१५ ले सहजै गुमाएपछि काठमाडौं स्पाइकर्सले अग्रता लियो । चोथो सेटमा पनि मधेस लय फर्कन सकेन । यसको फाइदा लिँदै काठमाडौंले २५–१८ ले सहजै आफ्नो बनायो । यससँगै काठमाडौं स्पाइकर्सले उत्कृष्ट पुनरागमन गर्दै जारी लिगमा तेस्रो जित आत्मसात गरेको हो ।

काठमाडौं स्पाइकर्स चार खेलबाट ९ अंक बटुल्दै लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । भ्याली डर्बीमा काठमाडौंले ललितपुर क्विन्ससँग खराब हार व्यहोर्दै लिगको शुरुवात गरेको थियो ।

तर काठमाडौं स्पाइकरले त्यसपछि लगातार तीन खेल जित्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो । उषा भण्डारीको कप्तानीमा रहेको काठमाडौं स्पाइकर्स तीनै खेलमा सोझो सेटमै जित निकाल्दै लयमा फर्कियो ।

यता निरुता ठगुन्नाको कप्तानीमा रहेको मधेस चारै खेलमा सोझो सेटमै नतिजा सुम्पिँदा अझैँ अंकविहीन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *