राप्रपाले गर्‍यो विभाग प्रमुखहरूको जिम्मेवारीमा फेरबदल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका विभिन्न विभाग प्रमुखहरूको जिम्मेवारीमा फेरबदल गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार राप्रपा संगठनका विभाग प्रमुखहरूको जिम्मेवारी फेरबदल गरेका हुन् । पार्टीको विधान बमोजिम केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

पार्टीको संगठन विभाग प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई तोकिएको छ । स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधान तोकिँदा राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तोकिएका छन् ।

त्यसैगरी पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री बिजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धब थापा, सूचना प्रविधि विभाग(आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धबराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने तोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *