राजु परियारको स्वरमा ‘यसपालीको दशैं तिहार’ सार्वजनिक

काठमाडौं । लोकगायक राजु परियारको स्वरमा नेपाली संस्कृति र परम्परालाई झल्काउने दशैंगीत ‘यसपालीको दशैं तिहार’ सार्वजनिक भएको छ ।

प्रितम श्रेष्ठको युट्युब च्यानलमा उक्त गीत सार्वजनिक भएको हो । मुकुन्द भट्ट र बिना राउतको अभिनय रहेको गीतको संगीत संयोजन कृष्ण बजुरालीले गरेका हुन् ।

गीतको रचना र संगीत प्रितम श्रेष्ठले गरेका छन् भने निर्देशन शिवजी क्षेत्रीले गरेका छन् । नेपाली गाउँले परिवेश र परम्परागत संस्कृतिलाई गीतले समेटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *