चितवनका गोविन्देले हान्दा माउतेको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित खोरसोरमा जाने क्रममा बिहीबार साँझ करिब सात बजेतिर गोविन्दे हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका-६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

‘बाहिरबाट सामान किनेर दुई जना खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदो रहेछ । सिमलको रुखमा लुकेर बसेको गोविन्दे हात्तीले आक्रमण गर्दा साँझ ७ बजेतिर एक जना कर्मचारीको मृत्यु भयो’ निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुन मगरले भने ।

उनी पछुवा पदमा कार्यरत थिए । पछिल्लो समय सिंह कतार पठाउन लागेको हात्ती खगेन्द्रप्रसादको रेखदेखमा खटिँदै आएको उनले बताए । अर्का एक जना भने भागेर बाँच्न सफल भएको उनले जानकारी दिएका छन् । गोविन्दे जंगली हात्ती हो । पोथी हात्तीको खोजीमा सौराहाको खोरसोरमा आउने गर्दछ । यसअघि झयाप्ले खोलाको पहिरोमा परेर निकुञ्जमा स्काउट पदमा कार्यरत तेजबहादुर विष्टको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *