दशैँमा जनकपुरको राजदेवी मन्दिरसहित शक्तिपीठहरूमा दर्शनार्थीहरूको भीड

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको पर्व दशैँको रमझम देशभर छ । दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँ गाउँका शक्ति पीठहरूमा घटस्थापना विधिवत् सुरुवातसँगै दशैँको रमझम देखिएको छ ।

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिङारिएका छन् । भक्तजनहरूको घुइँचो यसपटक दशैँको पहिलो दिनदेखि नै बढेको छ । राजदेवी मन्दिर लगायतका मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरू पूजा अराधनाका लागि पुग्ने गरेका छन् ।

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई दुलहीझैँ सिँगारिएको छ ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *