प्रेस विज्ञप्ति

नेपालमा जेइको जेसिक्स र ओमोडा E5 को १०० युनिट एक दिनमा डेलिभरी सम्पन्न

काठमाडौँ । ओमोडा एन्ड जेइको कम्पनि लिमिटेडको नेपालका लागि आधिकारिक वितरक, एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले ‘जेइको जे सिक्स’ इलेक्ट्रिक एसयुभि र ओमोडाको १०० भन्दा धेरै युनिटहरू डेलिभरी सफलतापूर्वक सम्पन्न गरेको छ ।

पूर्ण रूपमा विद्युतीय जेइको जे सिक्स, नेपालमै पहिलो अफ(रोड इलेक्ट्रिक एसयुभि हो । गत अगस्टमा नाडा अटो सोको अवसरमा सार्वजनिक गरिएको बहुप्रतिक्षित जेइको जेसिक्सले यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफ–रोड डिजाइनका कारण छोटो समयावधीमा नै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको कम्पनीले जनाएको छ ।

त्यसमाथी, अफ–रोड ड्राइभिङमा रूची राख्नेहरूले गत हप्ता आयोजित डर्ट–टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेइको जेसिक्सको शक्तिशाली
अफ–रोड क्षमता प्रत्यक्ष अनुभव गर्न तथा हेर्न पाए । यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा पनि प्रमाणित भएको कम्पनीले जनाएको छ । त्यति मात्र होइन, Omoda e5 सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयूभीले निकै लोकप्रियता हासिल गरेको छ । भर्खरै नाडा अटोशोमा ओमोडा ई५ डीएलएक्स Omoda E5 LUX को कम संस्करण हो ।

जेइको जेसिक्स नेपालको चुनौतीपूर्ण अफ–रोड अवस्थाका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएकोले गर्दा यो नेपाली अफ–रोड पारखीहरूको लागि उचित रोजाई बनेको कम्पनीले जनाएको छ । २७१५ मिलिमिटरको ह्विलबेस, १८(वा १९) इन्चको ह्विल तथा २०० मिलिमिटरको भव्य ग्राउन्ड क्लियरेन्स अफरोडको लागि उपयुक्त विशेषता हो ।

चालकसहित ५ यात्रु क्षमता रहेको यो गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८ ‍–१२ स्पिकर इन्फिनिटि साउन्ड सिस्टम तथा इजि–क्लिनिङ डिजाइनसहितको इन्टेरियर रहेको छ । यसको साइड–हिन्ज्ड टेलगेटसँगै २६४ लिटरको बुटस्पेस र १० किलो क्षमताको पेलोड बक्स रहेको छ जुन आपतकालिन अवस्था तथा सहज पहुँचका लागि उपयुक्त हुन्छ । जे सिक्सले डे एन्ड नाइट रियर भ्यु  मिरर, ३६० डिग्रि क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्याग जस्ता सुविधाहरूको साथ उच्चतम सुरक्षा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार जे सिक्सले यसको रगेड बडिसँगै अफ रोडको लागि शक्तिशाली पर्फमेन्स दिन्छ । जे सिक्स दुइवटा भेरियन्टमा उपलब्ध छ । पहिलो भेरियन्ट, २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटर सहितको फोर–व्हिल–ड्राइभ । र दोश्रो, १८४ न्युटनमिटरको
टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिङ्गल मोटर भेरियन्टमा उपलब्ध छ । यो गाडी ६.५ सेकेन्डभित्रै ० बाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।

सिएटिएलको एलएफपि (लिथियम फेरोस फस्फेट) ब्याट्रि (जुन ५०.६ किलोवाट आवर, ६५.७ किलोवाटआवर, वा ६९.७ किलोवाटआवरमा उपलब्ध छ ।) रहेको जे सिक्सले ५०१ किलोमिटरको सिएलटिसि– रेन्ज प्रदान गर्दछ । गाडी ३० प्रतिशत देखि ८० प्रतिशतसम्म मात्र ३० मिनेटमा चार्ज हुन्छ भने यसमा डिसि र एसि दुवै चार्जिङ पोर्टहरू उपलब्ध रहेका छन् ।

एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड, ओमोडा एन्ड जेइको अटोमोबाइल्स कम्पनि लिमिटेडको नेपालका लागि आधिकारिक वितरक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *