मन्त्रिपरिषद् बैठकको निर्णय

विपद् प्रभावित जिल्लाका स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले विपद् प्रभावित जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

आजै सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले काठमाडौं, ललितपुर र भक्तपुरसहित १४ वटा जिल्लाका स्थानीयतहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

गत असोज ११ र १२ गतको अविरल वर्षाले आएको बाढी पहिरोले ठूूलो मात्रामा जनधनको क्षति पुर्‍याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *