काठमाडौंको नयाँ बसपार्कमा बाटोभन्दा बसको पीर (तस्बिरहरू)

काठमाडौं । दसैँ सुरु भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । बाढीपहिराले सडक अवरुद्ध भएपछि केहीदिन रोकिएका यात्रुहरू घर जाने थालेपछि यात्रुको घुइँचो लागेको हो ।

अहिले यात्रुहरूलाई बाटोभन्दा पनि बसको चिन्ता हुने गरेको छ । राजधानीको मुख्य यातायात केन्द्र मानिने नयाँ बसपार्कमा यातायातको असुविधा र बसहरूको व्यवस्थापन समस्या गहिरिँदै गएको छ । बसपार्कको प्रमुख समस्या भनेको यात्रुहरूलाई बस पर्खनुपर्ने समय हो ।

कतिपय बसहरू समयमै आइपुग्दैनन् भने अन्य बसहरू पार्किङ गर्ने ठाउँ नपाएर घण्टौँसम्म पर्खन बाध्य हुन्छन् । यसका कारण यात्रुहरूको समय बर्बाद हुनुका साथै अन्य गन्तव्यहरूमा पनि असर पुगेको छ । टिकट पाउनका लागि पनि घटौँ लाइन बस्नुपर्ने बाध्यता पनि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *