काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स काफलडाँडामा दुर्घटना

काठमाडौं । काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ । दुर्घटनामा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ ।

बा१४च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा-छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो । उनको सनाखत नभएको प्रहरीले जनाएको छ ।

उक्त गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ । गाडीमा ४ पुरुष र २ महिला गरी जम्मा ६ जना थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *