अखिल (क्रान्तिकारी) को स्थगित सम्मेलन मंसिरमा हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को स्थगित २३ औं राष्ट्रिय सम्मेलन आगामी मंसिरमा सम्पन्न हुने भएको छ ।

शनिबार बसेको अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलको बैठकले स्थगित भएको सम्मेलन आगामी मंसिर २३ र २४ गते गर्ने निर्णय गरेको हो ।

यसअघि देशभर बाढी पहिरोका कारण विशेष परिस्थिति सिर्जना एवं नेपालीहरुको महान् पर्व दसैँलाई देखाएर अखिल (क्रान्तिकारी)ले बन्दसत्र स्थगित गरेको थियो । अखिल (क्रान्तिकारी)को सम्मेलनमा उमेरहदको विषयलाई लिएर विवाद छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *