दसैँमा पिङको मज्जा (तस्बिरहरु)

काठमाडौँ । दसैँको विशेषता र मनोरञ्जनमा पिङ पनि एक हो । त्यसमध्ये पनि खासगरी लिङ्गे पिङ । पिङ खेलिरहँदा मनोरञ्जन र स्वास्थ्य, दुवै पक्ष राम्रो हुन्छ । त्यसैलेनै भनिएको होला, दसैँमा एक पटक भूँई छाड्नुपर्छ ।

जब दसैँ आउँछ, गाउँघरतिर लिंगे पिङ बनाउने होड सुरु हुन्छ । खुला एवं अग्लो स्थानमा पिङ बनाउन सुरु भएसँगै गाउँघरमा दसैको रौनक पनि भित्रिन्छ । केटाकेटी, तन्नेरी मात्र होइन, बुढाबुढी समेत पिङ खेल्न झुम्मिन्छन् ।

तर आजकाल समय परिवर्तन भए सँगै लिङ्गे पिङ फाट्टफुट्ट मात्र देख्न पाइन्छ । बढ्दो शहरीकरण, प्रविधिको विकास र साधुँरिदो समाजिक दायराले अहिले शहरमा पिङको आकर्षण कतैकतै मात्र देखिन्छ ।

यहाँ गोकर्णेश्वर र बुढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्रमा रहेको तारेभिर नारायण डाँडामा पिङमा रमाउँदै गरेका केही तस्बिर समावेश गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *