इजरायली आक्रमणको विरोधमा बगदादमा प्रदर्शन

काठमाडौं । प्यालेस्टाइन र लेबनानमा इजरायली सैन्य कारबाहीका साथै इजरायलले हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्याको विरोधमा सयौं इराकीहरू बगदादमा प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनकारीहरूले इराकी, प्यालेस्टाइन र लेबनानी झण्डा र नसरल्लाहको तस्बिर बोकेका थिए ।

लेबनान र प्यालेस्टाइनप्रति ऐक्यवद्धता व्यक्त गर्दै इजरायल र अमेरिकाविरुद्ध नारा लगाएका थिए ।

तीन दशकभन्दा बढी समयसम्म हिजबुल्लाहको नेतृत्व गरेका नसरल्लाह सेप्टेम्बर २७ मा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *