प्रधानन्यायाधीश राउतद्धारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा सर्वोच्च अदालतका प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । यसअघि आज नै राष्ट्रपति पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री,उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो ।

संवैधानिक परिषद्ले असोज १ गते प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो । राउत २०७१ साउन १७ मा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *