इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता भएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबीच इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच ऊर्जा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

कार्यक्रमपछि सम्झौताबारे जानकारी दिँदै इप्पानका महासचिव बलराम खतिवडाले क्यानडामा धेरै ड्यामहरू बनेको र नेपालले पनि २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै त्यसको लागि नेपालमा पनि ठूला ड्यामहरू बनाउन आवश्यक रहेकाले अनुभव लिनका लागि सम्झौता गरिएको बताए ।

उनले नेपालमा ठूला ड्यामहरू बनाउन क्यानडाको प्रविधि र तालिम आवश्यक हुने भन्दै क्यानडा ड्याम एशोसिएशनसँग सहयोगको सम्झौता गरिएको बताए ।

उनले भने ‘क्यानेडियन ड्याम एशोसिएशन र इप्पानबीच जुन हाम्रो एउटा कोलाब्रेशन भइरहेको छ । क्यानडामा धेरै ड्यामहरू बनेका छन् । राम्रो राम्रो कन्सलटेण्टहरु र यसमा धेरै अनुभव भएको संस्था हो । नेपालमा पनि अब हामीले २८ हजार ५ सय मेगावाट जुन लक्ष्य लिएर सरकार अघि बढिरहँदा यहाँ पनि ठूलाठूला ड्यामहरूको निर्माण गर्नुपर्ने हुन्छ । त्यसको लागि प्रविधि हस्तान्तरण र यहाँको ट्रेनिङ लगायतका कामहरूमा प्राविधिक रूपमा सपोर्ट गर्नेगरी यो कार्यक्रम हामीले आयोजना गरेको हो । प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र उहाँहरुले गरेको अनुभव शेयर गर्ने, प्राविधिक पक्ष भिजिट गर्ने भएकाले यो आगामी दिनमा आवश्यक भएकाले गरेका हौँ । यो महत्वपूर्ण भएको छ । इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच आज सम्झौता भयो । प्रत्येक वर्ष क्यानडामा पनि यो कार्यक्रम हुन्छ, नेपालमा पनि हुन्छ । उहाँहरुले टे«निङ पनि दिने भन्नुभएको छ ।’

उनले जलविद्युतको क्षमता बिस्तारका लागि ठूला ड्यामहरूको आवश्यक पर्ने भन्दै नेपालले उनीहरूबाट धेरै अनुभव लिनसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *