भोली चलचित्र ‘जारी’ युट्युबमा आउने

काठमाडौँ । अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत चलचित्र जारी भोली युट्युबमा आउने भएको छ ।

बाँसुरी फिल्म्स युट्युबले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी दिएको हो ।

बाँसुरी फिल्म्सले भोली सोमबार ५:४५ बजे बेलुका चलचित्र जारी हेर्न सबैलाई आग्रह गर्दै बाँसुरी फिल्म्सको युट्युब च्यानलमा उक्त चलचित्र आउने जानकारी दिएको छ ।

‘प्रतीक्षा अन्ततः समाप्त भयो !’ भन्दै बाँसुरी फिल्म्सले चलचित्र जारीको लागी दर्शकले देखाएको अतुलनीय माया र समर्थनको लागि हृदयदेखि कृतज्ञता बाँड्न पाउँदा उत्साहित भएको भन्दै यस महत्त्वपूर्ण अवसरलाई मनाउन बाँसुरी फिल्मससंग सामेल हुन आमन्त्रित गरेको छ ।

चलचित्र ‘जारी’मा दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङ लगायतका कलाकाकरको अभिनय छ ।

चलचित्रका निर्देशक भने उपेन्द्र सुब्बा हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *