कंगोमा एमपक्सबिरुद्धको खोप दिन शुरु

प्रजातान्त्रिक गणतन्त्र कंगोले पूर्वीउत्तरी किभु प्रान्तको राजधानी गोमामा मंकीपक्स विरुद्धको खोप अभियान शुरु गरेको छ ।

स्वास्थ्य अधिकारीहरूले अभियानले मुख्य रूपमा स्वास्थ्यकर्मीहरू र फ्रन्टलाइन सरोकारवालाहरू, साथै पुष्टि भएका केसहरू र अन्य जोखिममा रहेका समूहहरूको सम्पर्कमा रहेकाहरूलाई लक्षित गर्ने बताएका छन् ।

शुभारम्भ समारोहमा स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रमुख रोमेन मुबोयायीले रोग रोकथामका लागि आफूहरुको लडाईं जारी रहेको बताए ।

एमपक्स एक संक्रामक रोग हो जुन मंकीपक्स भाइरसको कारणले गर्दा नजिकको सम्पर्कबाट फैलिन्छ । जसमा ज्वरो, लिम्फ नोडहरू सुन्निने, घाँटी दुख्ने, मांसपेशी दुख्ने, छालामा दाग र ढाड दुख्ने जस्ता लक्षणहरू देखा पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *