प्रेस विज्ञप्ति

‘२०२३–२०२४ ग्लोबल इन्टेलिजेन्ट भेहिकल ब्रान्ड्स’ को टप १० सूचीमा सामेल जीएसी मोटर्स

काठमाडौँ । प्रतिष्ठित ‘२०२३–२०२४ ग्लोबल इंटेलिजेन्ट भेहिकल ब्रान्ड्स’ टप १० सूचीमा स्थान पाएका हुनाले गर्वान्वित भएको चिनियाँ अटोमोबाईल ब्रान्ड जीएसी मोटर्सले जनाएको छ ।

आधुनिक ड्राइभर सहायता प्रणाली (ADAS), विद्युतीय वाहन (EV) समाधान जस्ता विशेषताहरू समावेश भएका जीएसी मोटरका उत्पादनहरुले अत्याधुनिक प्रविधिहरूको विकासमा निरन्तरता दर्शाउँएको कम्पनीले जनाएको छ ।

सीजी मोटरस द्वारा आधिकारिक रूपमा वितरण गरिएको जीएसी मोटरले अनुसन्धान र विकासमा उल्लेखनीय लगानी गर्दै आर्टिफिसियल इन्टेलिजेन्स, डाटा, र स्मार्ट उत्पादनमा आफ्नो क्षमताहरूलाई बढाउनका लागि प्रमुख प्रविधि कम्पनीहरू र अनुसन्धान संस्थासँग साझेदारी गरेको जनाएको छ । हालसम्म विश्वभर २.८ करोड सवारी साधन बिक्री गर्न सफल भएको जीएसी मोटर्सले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति तीव्र रूपमा विस्तार गरेको छ ।

यो इलेक्ट्रिक एसयुभीले प्रदान गर्ने आधुनिक सुविधाहरू र आरामदायकताको कारण बजारमा चर्चा हासिल गरेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार एयोन वाईका अधिकांश ग्राहकहरूले यसको फराकिलोपनलाई मनपराएका छन् । फराकिलो पछिल्लो सिटले यो एसयुभीलाई परिवारहरूका लागि मात्र नभई लामो यात्राका लागि पनि सहज बनाएको छ ।

एयोन वाईमा ३६० एच.डी. भ्यू क्यामेरा सिस्टम र १४.६–इन्च टच स्क्रिन डिस्प्ले पनि रहेको छ, जसलाई ग्राहकहरूले अत्यन्तै मन पराएका छन् । यसको अर्को महत्त्वपूर्ण विशेषता भनेको ५०० किमी NEDC रेन्ज हो, जसले ग्राहकहरूलाई लामो दूरीको यात्रा गर्न गर्न पनि ढुक्क बनाएको कम्पनीले जनाएको छ । जीएसी मोटर्सले आफ्नो ‘फेस्टिभ फिएस्टा’ योजना अन्तर्गत अहिले एयोन वाई लाई ५.८५ लाख रुपैयाँ डाउनपेमेन्टमा उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *